भारतमा कोरोना भाइरसबाट २४ सयको मृत्यु

काठमाडौं, ३१ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय १५ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ५३२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७४ हजार २९२ पुगेको छ ।

४७ हजार ७०८ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २४ हजार ४२० जना निको भएका छन् । कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति