अमेरिकन आइडलको टप सेभेनमा पुगे नेपाली गायक दिवेश, अगाडि बढ्न भोटिङ सुरु

अमेरिका, २९ बैशाख । नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप सेभेन मा पुगेका छन् । अब टप सेभेनबाट अगाडि बढाउन भोटिङ सुरु भएको छ ।
दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् ।
न्युयोर्क समय अनुशार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको हो । भोट तीनप्रकारकाले गर्न सकिनेछ ।

दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति