विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३३ पुग्यो

विराटनगर, २८ बैशाख । विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।

वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक र जना आइतबार डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिनुभयो ।

अब जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ । उहाले भन्नुभयो । आइतबार दुई जना डिस्चार्ज भएसँगै नेपालभर डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति