आगामी बजेटमा पुर्वाधार : रेल र जलमार्ग निर्माणमा तिब्रता दिइने, फाष्ट ट्रयाक प्राथमिकतामा – अर्थमन्त्री खतिवडा

काठमाडौ, २८ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा हाल संचालनमा रहेका रुपान्तरणकारी आयोजना र कार्यक्रमहरुलाई कार्यान्वयनका लागि साधनहरु कमी हुने नदिने बताउनु भएको छ ।

आगामी बजेटका प्राथमकिता र सिद्धान्तहरु सार्वजनिक गर्दै उहाले बजेटमा सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । आइतबार दुबै सदनमा सम्वोधन गर्दै खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीति र स्थानीय तहको केन्द्र जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँका अनुसार बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तिव्रता दिइने छ। शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई प्राथमिकतामा राखिने छ। सुरक्षित आवास, महत्वपुर्ण सार्वजनिक भवन र अन्य शहरी पुर्वाधार निर्माण तथा विकास जोड दिइनेछ। भुकम्पपछिको पुन निर्माणका अधिकांश आयोजनाहरु आगामी बर्ष पुरा गरिनेछ। निर्धारित समय र लागतमा आयोजनाहरु सक्नका लागि नीति तर्जुमा र अनुगमनलाई तिव्रता दिइनेछ। त्यसै गरि हाल संचालनमा रहेका र १५औं योजनामा रहेका कतिपय आयोजना पुनस् प्राथमिकतामा राखिनेछ। नदी पथान्तरण तथा नदी नियन्त्रणका आयोजनाहरुलाई पनि प्राथमिकतामा राखिएको खतिवडाले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति