भारतले लिपुलेकमा बनाएको बाटोबारे संसदमा छलफल

काठमाडौं , २८ बैशाख ।  भारतले नेपाली भूमिभित्र नयाँ बाटो बनाएको विषयमा प्रतिनिधि सभामा छलफल सुरू भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसबारे सरकारको धारणा राख्नु भएको छ ।उहाले संसदमा शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति पढेर सुनाउनु भएको छ । ‘यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालले यो समस्याको कूटनीतिक समाधान चाहेको छ,’ ज्ञवालीले भने,‘राष्ट्रिय हितलाई सर्वोपरी राखेर असल छिमेकीको सम्बन्धलाई कायम राख्दै समाधान खोजिनेछ।’
अहिले सांसदहरूले परराष्ट्रमन्त्री ज्ञवालीलाई सांसदहरूले यसबारेमा प्रश्न गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति