कोरोनाबाट बच्न ट्रम्पले ह्वाइटहाउसमा हिन्दु पुजारीबाट शान्तिपाठ गर्न लगाए


अमेरिका, २६ बैशाख । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा कोरोना भाइरस महामारीबाट बच्न शान्ति पाठ लगाइएको छ।

वैदिक परम्पराअनुसार हिन्दु पण्डितले ह्वाइट हाउसको रोज गार्डेनमा शान्ति पाठ गरिदिएका हुन्। राष्ट्रिय प्रार्थना दिवसका अवसरमा लगाइएको शान्ति पाठमा कोरोना भाइरसबाट प्रभावितहरुको स्वास्थ्य, सुरक्षा र सहज जीवनयापनका लागि प्रार्थना गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामीनारायण मन्दिरका पण्डित हरिश ब्रह्मभट्टलाई शान्तिपूजाका लागि ह्वाइटहाउमा निमन्त्रणा गरेका थिए। शान्तिपूजा सम्पन्‍न भएपछि ट्रम्पले पण्डितलाई धन्यवाद दिँदै अहिले अमेरिका कोरोनाविरुद्ध भयंकर लडाइँमा व्यस्त रहेको बताए।

‘यो ऐतिहासिक संकटका बेला विश्वासको आशिर्वाद, प्रार्थनाको शक्ति र ईश्वरको अनन्त महिमाबाट हाम्रा नागरिकले विश्वासको उपहार पाएका छन्, जुन चाहना हामीले राख्दै आएका थियौं,’ ट्रम्पले भने, ‘म हरेक अमेरिकी नागरिकलाई आफ्नो हृदयदेखि नै आध्यात्मिक एकताका लागि आग्रह गर्छु, ईश्वरसँग साहस र आराम, आशा र उपचार एवं नवीनताका लागि कामना गर्दछु।’ उक्त शान्तिपूजामा अमेरिकी प्रथम महिला ९ट्रम्पकी श्रीमती० मेलियाना ट्रम्प पनि उपस्थित थिइन्।

सन् १८६३ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले उच्चस्तरमा एकजुट राष्ट्रिय आवाज सुनाउनका लागि अमेरिकीहरुलाई प्रार्थनाका लागि आग्रह गरेका थिए। सन् १९५२ पश्चात हरेक अमेरिकी राष्ट्रपतिले राष्ट्रिय प्रार्थना दिवसका अवसरमा प्राथर्नाका लागि उद्घोष गर्दै आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति