थप ८ जना संक्रमित कोरोनामुक्त, शुक्रबार डिस्चार्ज गरिने


काठमाडौं, २५ बैशाख ।  कोरोना सङ्क्रमण नदेखिएपछि विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने भएको छ ।

तीनपटकको परीक्षणमा नतिजा नेगेटीभ आएपछि उदयपुरको भुल्केका पाँचजना, मोरङको रानीका दुई जना र भारतका एक जना नागरिकलाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा बैसाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएको थियो । भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अहिले कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति