नेपाल छिर्न खोज्ने भारतीयले गरे सशस्त्र प्रहरीको पोष्टमा तोडफोड

काठमाडौं, २५ बैशाख ।  बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।

सुवर्ण गाउँपालिका– ३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनु भयो ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराउनु भयो ।

अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुग्नु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति