प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण


काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

उहाँले २५६४औँ बुद्धजयन्तीका अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो । सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति