६ जना कोरोना संक्रमित कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज

विराटनगर, २४ बैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

कोभिड–१९ उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको प्रयोगशाला रिपोर्ट आउन बाँकी छ । संक्रमितहरुको सम्पर्कमा आएका भुल्के बस्तीका थप १६ जनामा पनि संक्रमण पुष्टि भएको थियो । ती सबैलाई केन्द्रमा राखेर हेरचाह गरिँदै आएको छ । प्रदेश १ मा भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ जनामा संक्रमण पुष्टि भएपछि उक्त केन्द्रमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति