नवनियुक्त महासचिव गौतमद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं, २३ बैशाख ।  संघीय संसदका महासचिव डा.भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त महासचिव गौतमलाई संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ गराउनुएको हो । शपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संसदीय दलका नेता, सचेतकहरु, समितिका सभापतिहरुलगायत उपस्थित हुनुहुन्थ्यो ।

गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदको महासचिव नियुक्त गर्नुभएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति