प्रधानमन्त्री ओलीद्वारा रायमाझीको निधनप्रति शोक व्यक्त

काठमाडौ, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिबहादुर रायमाझीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

मंगलबार शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले सँगै निरंकुश पञ्चायत व्यवस्था विरोधी संघर्षका क्रममा व्यतित गरेका दिनहरुलाई सम्झदै रायमाझीको निधनप्रति समबेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीको शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टीका निष्ठावान कार्यकर्ता तथा मेरा मित्र बुद्धिबहादुर रायमाझीको भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’

नेकपाका कार्यकर्ता रायमाझीको सोमबार (हिजो) मेडिसिटी अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट  रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशामा आवद्धद हुनुहुन्थो । चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा एमाले केन्द्रीय स्कूल विभाग सदस्य रहनु भएका उहा पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षल गायत धेरै संघसंस्थामा आबद्ध रहनु भएको थियो । उहाका श्रीमती र दुई छोराछोरी छन् ।  यसैबीच नेकपाका उपाध्यक्ष बामदेब गौतमले समेत उहाको निधन प्रति दुख प्रकट गर्नु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति