कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगन्जमै ७ नयाँ थपिए

काठमाडौं, २३ बैशाख ।  कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।

नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेकाे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

योसँगै नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निकाे भएका छन् ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति