प्रधानमन्त्री ओलीबाट आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय (भिडियोसहित)

काठमाडौं, २० वैशाख ।आज वसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । २५ गते बिहान ११ बजे काठमाडौंमा बस्ने बैठकअघि २४ गते पार्टी सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले स्थायी कमिटी बैठकमा प्रस्ताब गरिने एजेन्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनैपनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय पनि गरको छ”, प्रवक्ता श्रेष्ठले बताउनुभो । पार्टीको मार्गनिर्देशमा सरकार सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको नेकपा प्रवक्ता श्रेष्ठले बताए। सरकारदे देश र जनताको पक्षमा, समाजवादउन्मुख समृद्धि, आर्थिक(सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्नेगरी काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय भएको उहाले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति