सुखी जिवन संगै मनोरन्जन दिएर बृद्धबृद्धालाई सम्मान गदै रिब्दीकोट गाउँपालिका (भिडियोसहित)

पाल्पा,२४  पुस । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेकमा रहेका दिवासेवा केन्द्रले गाउ“मा रहेका बृद्धबृद्धा र एकल महिलाहरु लाई मनोरन्जन दिएर समाजमा स्थापित गर्ने काम शुरु गरेको छ । केन्द्रले महिनामा एकपटक भजन कृतन गरेर उनीहरुलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।

पाल्पाको रिब्दीकोट गाउपालिका वडा नम्बर ८ फेक गाउँमा वडा पालिकाले समाजमा रहेका दिवासेवा केन्द्र र वडापालिकाको संयुक्त सहयोगमा गाउँघरमा रहेका बृद्धबृद्धाहरु लाई रमाईलो गराउने र सुखी जिवन संगै मनोरन्जन दिएर समाजमा दिन कटाउने भन्दै भजन कृतन र दिवा खाजाको समेत ब्यावस्था गर्न वडा पालिकाले बजेट नै बिनियोजित गरेर काम गरेको वडा अध्यक्ष नाराण लामटाङेले जानकारी दिए।वडापालिकाको बेला बेलामा उमेर अनुसार बृद्धबृद्धालाई सम्मान समेत गर्ने गरेको छ । वडापालिकाको सम्मानले खुशी लागेको स्थानीय पाका ठाकुरसिंह सुर्यवंशीले प्रतिक्रृया दिए ।

वडा पालिकाले समाज रहेर जस्ले आफ्ना सासु ससुरा लाई सम्मानजनक हिसावले सेवा गर्ने असल बुहारी सम्मान र बृद्धबृद्धाहरु लाइ भेटघाट गराउने थलोको रुपमा काम गरेको दिवासेवा केन्द्रका सचिव मोहन कुवरको भनाईछ ।समाजका बृद्धहरु बाट धेरै कुरा सिक्न बाकी रहेको बताउदै उहाहरुलाई सम्मान गरेर मात्रै भन्दा पनि हरेक दिनको ब्यावहार परिर्वतन गरेर समाज रहेका आमाबुबा लाई भाषण भन्दा पनि आनीबानी समेत सुधार गर्नु पर्ने गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम अर्यालले बताए । पछिल्लो समयमा समाजमा रहेका बृद्धबृद्धाहरु लाई परिवारबाट नै अपहेलनाका गरिएका खबर सुनिरहेका बेला रिब्दीकोट गाउपालिकाको ग्रामिण भेगमा भने यो कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गर्न मद्धत पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति