कांग्रेसको सभापतिमा लड्ने भन्दै ४ जनाले लगे फाराम

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ । साँझ साढे सात बजेसम्म मनोनयनको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै ४ जनाले फाराम लिएर गएका छन् ।

फाराम लैजानेको नाम, नम्बर केही टिपिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित राखिने जनाएको छ ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ । सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् । विवाद मिलाउन विशेष पक्ष र संस्थापन समूहबीचको छलफल पनि जारी छ ।

उक्त छलफलले के निष्कर्ष निकाल्छ सोहीअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने र विशेष पक्षको कामकारबाही हेरेर रणनीति बनाउने पक्षमा संस्थापन समूह छन् ।संस्थापन समूहले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का केन्द्रीय समिति बैठक रोकेर नेताहरूसँगको छलफलमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति