सानेपामा केन्द्रीय सदस्य कुरेको कुर्‍यै, शीर्ष नेता छुट्टै छलफलमा

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक ४:२० बज्दासमेत सुरु नभएको हो । सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।

छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा। शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन् ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया नै अघि बढाइसकेपछि संस्थापन पक्षले त्यसलाई रोक्ने गरी छलफल तीव्र बनाइरहेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा संस्थापन समूहले वेवास्था गरेपछि महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् । विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा जाँदा पार्टी विभाजन हुने भन्दै अहिले दुवै समूहका नेताहरू छलफलमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति