कांग्रेस विशेष महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ । सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति