सुमन सायमी नेकपामा समाहित हुँदै

काठमाडौं, २९ पुस । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए ।

‘भोलि एकता हुँदैछ’ सायमीले भने । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ ।२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागे ।२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन पनि लडे । तर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का विराजभक्त श्रेष्ठसँग पराजित भए । गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले ६ हजार १७९ मत पाएका थिए ।पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए ।आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति