कांग्रेस विशेष महाधिवेशनले भंग गर्‍यो निर्वाचन समिति, सीतारामको नेतृत्वमा नयाँ गठन

काठमाडौं, २९ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो । समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । नयाँ समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ ।

अहिले संस्थापन पक्षसँग वार्ता पनि चलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति