काठमाडौं, २८ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिको बन्दसूचीबाट हालसम्म सबैभन्दा बढी जनमत पार्टीका २० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।त्यस्तै दोस्रो सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । नेकपा (एमाले) बाट पाँचजनाले आफ्नो नाम फिर्ता लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार (पुस २८) मा समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको छ ।

प्रतिक्रिया