यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको किल्ला भत्काउने अभियान भएको बताएका छन् ।
पार्टीको विशेष महाधिवेशनमा मन्तव्य राख्दै महामन्त्री थापाले चालु महाधिवेशनमा कुनै गुट नभएकाले सबैलाई सो महाधिवेशनमा जोडिन आह्वान गर्दै सो बताएका हुन् ।‘वडामा उम्मेदवारी प्राप्त गर्न पर्यो भनेपनि, सांसदको उम्मेदवारी प्राप्त गर्न पनि नेताको मान्छे हुनुपर्ने अवस्था छ’, उनले भने, ‘भत्काइदिनुस् त्यो डरका किल्लाहरू हामी यहाँ छौँ । यहाँ कुनै गुट छैन । यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान पनि हो ।’एसले देशैभरीबाट नेता तथा कार्यकर्ताहरूले सम्पर्क गरिराखेको तर, उनीहरू जिल्लाको नेताहरूसँग डराएको पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति