बैतडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं, २८ पुस । बैतडीमा जिप दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका–८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिए।जिपमा करिब १० जना सवार रहेको बुझिएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति