आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौं, २८ पुस ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले सोमबार दिउँसो ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यहि पुस १३ र १४ गते पेश गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका हुन् ।आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्ने छन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको हो ।कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति