चितवनबाट त्रिशूलीमा खसेको १८ महिनापछि तनहुँमा भेटिएको बस उत्खनन आज पनि जारी रहने

काठमाडौं, २८ पुस । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको बसको अवशेष १८ महिनापछि तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीमा आइतबार (पुस २७ गते) फेला परेको छ।त्यसको उत्खनन आज पनि जारी रहने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर उत्खनन गरे पनि बसका सबै अवशेष निकाल्न नसकिएकाले यो कामलाई आज पनि निरन्तरता दिइने भएको हो। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको हो। उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलतालबाट त्रिशूलीमा खसेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उक्त बस त्यस दिन काठमाडौँबाट रौतहटको गौर जाँदै थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति