कांग्रेस विशेष महाधिवेशन बन्दसत्र १० बजेदेखि सुरु हुने

काठमाडौँ २८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज (सोमबार) बिहान १० बजेदेखि सुरु हुने भएको छ । यस अघि विहान ८ बजेबाट शुरु हुने भनिएको थियो ।

भृकुटीमण्डपमा हिजो (आइतबार) बाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो ।

व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले जानकारी दिए ।

आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन् ।

नेता युवराज पाण्डेयका अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति