काठमाडौं, पुस २७, २०८२ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका थिए।
प्रचार प्रसार उपसमिति सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार साँझ ५ बजेसम्म २ हजार ३५ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरी हस्ताक्षर गरेका छन्। बिहान ८ बजेदेखि नाम दर्ताको काम सुरु भएको थियो।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएअनुसार नाम दर्ताको शुल्क एक हजार रुपैयाँ तोकिएको छ। प्रतिनिधिहरूले मूल गेट नजिकैको स्टलबाट नाम दर्ता गरेर कार्ड प्राप्त गरिरहेका छन्।
यी प्रतिनिधिहरूले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका हुन्। कांग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
केन्द्रीय समितिले स्वीकार नगरे पनि महाधिवेशन जारी केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेका कारण सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत संस्थापन इतर समूहका अधिकांश पदाधिकारीहरू उपस्थित छैनन्।
सहभागी प्रमुख व्यक्तित्वहरू महाधिवेशनमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन्। त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि उपस्थित छन्।
केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार, उदय शमशेर राणा, नानु बास्तोला, योगेन्द्र चौधरी, विनोद चौधरी लगायत।
पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ, सुधीर सिवाकोटी पनि महाधिवेशनमा सहभागी छन्।
यो विशेष महाधिवेशनले पार्टीमा आन्तरिक लोकतन्त्र, विधानसम्मत सञ्चालन र पुनर्गठनको विषयमा महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया