तनहुँ, डडेल्धुरा र पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

काठमाडौं, २७ पुस । तनहुँ, डडेलधुरा र पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार प्रशोधन केन्द्रका कामदार शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका नारायण विकसहित प्रशोधन केन्द्रबाहिर टहरा बनाएर बसेका एक पुरुष र एक महिलाको हिजो शव भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस्तै डडेल्धुराको परशुराम नगरपालिका–९ कुयापानीमा हिजो बेलुका ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा म १ प ९९७३ नम्बरको मोटरसाइकलका चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि बसेका ३५ वर्षीय मान जाग्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।यस्तै पाल्पाको रामपुर नगरपालिका–८ कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । लु २० प ५८९७ नम्बरको मोटरसाइकल र लु ६८ प ८८०० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।दुर्घटनामा लु ६८ प ८८०० का चालक रामपुर नगरपालिका–८ पिल्टारका ५० वर्षीय डोलराज कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालक रामपुर नगरपालिका–८, धारापनीका २१ वर्षीय करण श्रेष्ठ र मोटरसाइकल पछाडि बसेका २३ वर्षीय गिरमान श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति