पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं, २६ पुस ।पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए ।
८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९स्३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिए । दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन् । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु रहेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति