काठमाडौं, २५ पुस । सामाजिक अभियान्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट चुनाव लड्ने घोषणा गरेकी छन्।उनले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन्।उनले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
साथै, कुनै पनि दलमा आबद्ध नहुने बताएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’ यसैवीच जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू आगामी निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले लेखेका छन्,’गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलामान घिसिङबीच एकता गराउन पहल गरेका थिए।
प्रतिक्रिया