रविसँगको वार्ता उपलब्धिपूर्ण नभएपछि उज्यालोका नेतासँग छलफलमा कुलमान

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको वार्ता उपलब्धिपूर्ण नभएपछि उज्यालो नेपाल पार्टीका संरक्षणक कुलमान घिसिङ आफ्नो पार्टीका नेताहरूसँग छलफलमा जुटेका छन्।

शुक्रबार बिहान घिसिङले रास्वपा सभापति लामिछानेसँग वार्ता गरेका थिए। दुवै जनाबीच ३ घण्टा छलफल भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्।‘रवि लामिछानेसँग बिहान ३ घण्टा छलफल भयो तर कुनै निचोड निस्केन,’ कुलमानको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘रविसँगको छलफल खासै उपलब्धिपूर्ण भएन।’त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग छलफलमा जुटेका हुन्। काठमाडौँको बौद्धमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसँगै केन्द्रीय नेताहरू छलफलमा सहभागी छन्। डेढ घण्टनादेखि छलफल जारी रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति