प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल

काठमाडौं, २४ पुस ।प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट वार्ता भएको छ । उनीहरूबीच आज बिहीबार दिउँसो ३ घण्टा वार्ता भएको हो । ओली र प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि ३ घण्टा भेट भएको थियो । बालुवाटार स्रोतका अनुसार उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको थियो । कुराकानीको क्रममा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति