काठमाडौं, २४ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन्।बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताएका हुन्।उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको बताए। सोही आवश्यकताका आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ।उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दावी पनि गरे।जेन–जी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको उनले जिकिर पनि गरे।
राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर छु – प्रचण्ड
प्रतिक्रिया