कांग्रेस महामन्त्री शर्माद्वारा कार्यसम्पादन समिति बैठक बहिष्कार

काठमाडौं पुस,२३ — राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका छन्। उनी हिजो बसेको बैठकमा पनि सहभागी भएका थिएनन्।

महामन्त्री शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उम्मेदवारी छनोटका लागि स्पष्ट र निश्चित मापदण्ड तय नगरी पुरानै ६०/४० को भागबण्डाका आधारमा उम्मेदवार छान्ने प्रयास भइरहेको भन्दै उनले यस्तो प्रक्रियाको साक्षी बस्न नसक्ने बताएका छन्।

यद्यपि, यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै महामन्त्री शर्माले आफू केही राजनीतिक र केही स्वास्थ्य कारणले बैठकमा सहभागी हुन नसकेको प्रतिक्रिया दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति