काठमाडौं पुस २३, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी जसपा नेपालले मधेस प्रदेशबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जसपा नेपालका नेता सुरेन्द्र झाका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेलमा ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको हो । ‘उहाँ अहिले मनोनयन दर्ताका लागि जाँदै हुनुहुन्छ,’ झाले भने ।
काठमाडौँमा रहेका ठाकुर उम्मेदवारीको टिकट लिएर जनकपुर प्रस्थान गर्ने तयारीमा छन् । उनको उम्मेदवारी जनकपुरस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा दर्ता हुने भएको छ ।
पुस १४ गते लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जसपा नेपालबीच एकता गर्ने निर्णय भएसँगै जसपाले ठाकुरलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । ठाकुर यसअघि लोसपाका अध्यक्ष थिए ।
राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशमा दलहरूबीचको तालमेल र उम्मेदवार छनोटले राजनीतिक चासो बढाएको छ ।
महन्थ ठाकुर राष्ट्रिय सभामा जसपाको उम्मेदवार
प्रतिक्रिया