नेकपाले प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनायो

काठमाडौं २३ पुष। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकका प्रेम सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गरेको छ । पार्टीले उनलाई बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको हो ।

पार्टीका नेता माधव सापकोटाका अनुसार, जनयुद्धदेखि जनआन्दोलनसम्मका परिवर्तनकारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सापकोटालाई निष्ठावान् र अनुभवी नेताको रूपमा उम्मेदवार चयन गरिएको हो ।

बुधबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका थिए । टिकट हस्तान्तरण कार्यक्रममा सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजै मनोनयन दर्ता हुँदैछ । उक्त निर्वाचनका लागि विभिन्न दलहरूले आ–आफ्ना उम्मेदवार सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति