राष्ट्रिय सभा उम्मेदवार छनोटमा असन्तुष्टि, कांग्रेस महामन्त्री शर्माद्वारा कार्यसम्पादन समिति बैठक बहिष्कार

काठमाडौं २३ पुष

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका छन् । उनी मंगलबार बसेको बैठकमा सहभागी भएनन् भने अघिल्लो दिनको बैठकमा पनि अनुपस्थित थिए ।

पार्टी स्रोतका अनुसार महामन्त्री शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोनमार्फत बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् । उम्मेदवार छनोटको प्रक्रियामा स्पष्ट मापदण्ड तय नगरी परम्परागत ६०/४० को भागबण्डाका आधारमा नाम टुंग्याउन खोजिएकोप्रति उनले असहमति जनाएका हुन् ।

स्रोतका अनुसार शर्माले स्पष्ट मापदण्डबिनै हुने उम्मेदवार छनोट प्रक्रियाको साक्षी बस्न आफू तयार नभएको भन्दै बैठक बहिष्कारको निर्णय लिएका थिए । ‘उम्मेदवार छनोटमा सुधार र पारदर्शिता आवश्यक छ,’ भन्ने धारणा उनले नेतृत्वलाई जानकारी गराएका छन् ।

यसबारे अनलाइनखबरले जिज्ञासा राख्दा महामन्त्री शर्माले आफू बैठकमा सहभागी नहुनुको कारण केही राजनीतिक र केही स्वास्थ्यसम्बन्धी रहेको प्रतिक्रिया दिए । उनले विस्तृत रूपमा भने केही नखुलाए पनि राष्ट्रिय सभा उम्मेदवारी छनोट प्रक्रियाबारे पार्टीभित्र असन्तुष्टि बढ्दै गएको संकेत दिएका छन् ।

कांग्रेसभित्र उम्मेदवार छनोटमा देखिएको असहमति सार्वजनिक रूपमा देखिन थालेपछि पार्टीको आन्तरिक निर्णय प्रक्रियामाथि पुनः प्रश्न उठेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति