काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौं पुस,२२ । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।काठमाडौं उपत्यकामा अहिले घाम लागेकाले केही न्यानो महसुस भएको छ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८।४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको हो ।

महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५४५ बजेको न्युनतम तापक्रम ३।४ डिग्री सेल्सियस थियो ।

काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ । मौसमविद उज्ज्वल उपाध्यायका अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २।८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०।५ डिग्री सेल्सियसले कम हो ।

काठमाडौं उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।

मौसमविद डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २।२ डिग्री सेल्सियस हो ।

न्यूनतम तापक्रममा केही दिनयता लगातार गिरावट आए पनि अधिकतम तापक्रममा भने खासै उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराईरमधेशका जिल्लामा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको थियो । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने गरेको छ । तराईरमधेशमा हुस्सु केही दिन अवस्था यस्तै रहने सम्भावना रहेको मौसमविद ढकालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति