काठमाडौँ २१ पुष। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी आर्थिक वर्षको बजेट तयारी गर्न पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेलाई सार्वजनिक रूपमा आग्रह गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित बृहत् एकता तथा समायोजन कार्यक्रममा देखिएको जनउत्साहलाई आधार बनाउँदै लामिछानेले रास्वपा अब शासनको तयारीमा रहेको सन्देश दिएका हुन् ।
“यहाँ देखिएको उत्साह हेरेर म यति त भन्न सक्छु,” लामिछानेले भने, “डा. स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ । डाक्टर साब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुस् । देशलाई कुशासन र भ्रष्टाचारबाट एकै पटक बाहिर निकाल्न आवश्यक सबै काम हामी गर्छौँ ।”
लामिछानेले हाल देखिएका राजनीतिक गतिविधिलाई “ट्रेलर” मात्र भएको र रास्वपाको वास्तविक शक्ति अझै देखिन बाँकी रहेको दाबी गरे । उनले प्रतिशोधको राजनीतिलाई अस्वीकार गर्दै भ्रष्टाचारविरुद्ध अडान नछोड्ने स्पष्ट पारे ।
प्रतिक्रिया