काठमाडौं, २१ पुस ।रास्वपाको बन्दसूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिएको घोषणा गरेका छन् ।सामाजिक सञ्जालमार्फत् उनले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका हुन् । लिम्बूको नाम आदिबासी जनजाति क्लस्टरको ६ नम्बरमा थियो ।पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै एकताबाट आएकाहरूलाई व्यवस्थापन नेतृत्वको बाध्यतालाई बुझेर नाम फिर्ता लिएको उनको भनाइ छ । इलाम २ को उपचुनावमा लिम्बू रास्वपाबाट उठेका थिए । त्यहाँ एमालेका सुहाङ नेम्वाङले जित हात पारे ।
रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा
प्रतिक्रिया