काठमाडौं २० पुस । फागुन २१ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेका विभिन्न निर्वाचन क्षेत्रहरूबाट हालसम्म २२ जनाभन्दा बढी नेता एकल उम्मेदवारका रूपमा सिफारिस भएर माथि आएका छन्। यी नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्र पुग्ने छन् र अन्तिममा पार्टी सचिवालयले अनुमोदन गर्नेछ।
कोशी प्रदेश
- झापा–५: केपी शर्मा ओली (अध्यक्ष)
- इलाम–२: सुहाङ नेम्वाङ
मधेस प्रदेश
- रौतहट–१: अजय गुप्ता
- सिराहा–३: लीलानाथ श्रेष्ठ
- महोत्तरी–१: लक्ष्मी महतो कोइरी
बागमती प्रदेश
- नुवाकोट–१: बद्री मैनाली
- नुवाकोट–२: केशव पाण्डे
- काठमाडौं–२: मणिराम फुयाल (एकल सिफारिस हुने लगभग पक्का)
गण्डकी प्रदेश
- नवलपुर–२: तिलक महत
- कास्की–२: मिलन गुरुङ
लुम्बिनी प्रदेश
- बाँके–१: सूर्य ढकाल (पूर्व सांसद)
- बाँके–२: दलबहादुर सुनार
- कपिलवस्तु–१: विश्राम चौधरी
- दाङ–२: शंकर पोखरेल (महासचिव)
- रूपन्देही–२: विष्णु पौडेल (उपाध्यक्ष)
- रूपन्देही–५: खिमलाल भट्टराई
- गुल्मी–१: प्रदीप ज्ञवाली (पूर्व उपमहासचिव)
कर्णाली प्रदेश
- सुर्खेत–१: ध्रुव शाही
- सुर्खेत–२: कुलमणि देवकोटा
- सल्यान: गुलाबजंग थापा
सुदूरपश्चिम प्रदेश
- बैतडी: दामोदर भण्डारी (पूर्वमन्त्री, पूर्व सांसद)
- दार्चुला: गणेशसिंह ठगुन्ना
- कैलाली–४: लेखराज भट्ट (केन्द्रीय उपमहासचिव)
यी सबै क्षेत्रबाट सर्वसम्मत/एकल नाम सिफारिस भएको हो। बाँकी क्षेत्रहरूबाट पनि नाम आउने क्रम जारी छ। एमालेले अधिकांश ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने रणनीति लिएकाले यी नामहरू अन्तिम उम्मेदवार बन्ने सम्भावना अत्यधिक छ।
प्रतिक्रिया