काठमाडौं, २० पुस । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयानका लागि जाँचबुझ आयोगले पत्र काटेको छ । आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनलाई आयोगमा बयानका लागि बोलाउँदै पत्र काटिएको हो ।पत्र आइतबार नै काटिएको उनले जानकारी दिए ।
“हामीले ओलीलाई काटेको पत्र पनि पठाइसकेका छौँ,” ती पदाधिकारीले भने । अध्यक्ष ओलीले भने यसअघि नै आयोगमा नजाने अडान सार्वजनिक गरिसकेका थिए ।
आयोगले ओलीलाई बयानमा बोलायो
प्रतिक्रिया