तराईमा हुस्सु ,पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २० पुस ।आइतबार देशभर पश्चिम वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको रहनेछ।

तराईका अधिकांश स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु्रकुहिरो लागेको मौसम विभागले जनाएको छ।महाशाखाका अनुसार आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली साथै गण्डकी प्रदेश र कर्णाली प्रदेश भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। तराई भू–भागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति