जाँचबुझ आयोगले देउवा–प्रचण्डसँग लिखित धारणा माग्यो

काठमाडौं, १८ पुस । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि धारणा मागेको छ। जेन–जी आन्दोलनमा भएको दमन र २४ गतेको विध्वंसबारे दुवै जना नेतासँग आयोगले लिखित रूपमा आफ्नो धारणा राखिदिन आग्रहसहित पत्र पठाएको हो। दुवै जनाले आयोगबाट पठाइएको पत्र बुझेको आयोगस्रोतले बतायो। आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति