सुनचाँदीको मूल्यमा गिरावट,तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ पुस । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० ले घटेर प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ। अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको थियो। यस्तै चाँदी भाउ पनि घटेको छ। ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति