२१औँ शताब्दीको भूराजनीतिको रूपरेखा सन् २०२६ मा ‘नयाँ विश्व उदाउँदैछ’

विश्व राजनीतिमा सन् २०२५ त्यो वर्ष बन्यो जसमा पुरानो व्यवस्था समाप्त भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौँ पुराना मान्यता र संस्थाहरूलाई जसरी नाटकीय रूपमा ध्वस्त पारे, त्यसैगरि उनले ह्वाइट हाउसलाई पनि पुनर्गठन गर्न थाले। उनले लगाएका भन्सार महसुलहरूले बहुपक्षीय व्यापार प्रणालीलाई ठूलो धक्का दियो। संयुक्त राष्ट्रसंघदेखि विदेशी सहायता सम्मका अन्तर्राष्ट्रिय कूटनीतिक संयन्त्रहरू अमेरिकी कोष कटौतीको चपेटामा परे। लामो समयदेखि कायम रहेका सुरक्षा गठबन्धनहरूलाई अमेरिकी सैनिक र आर्थिक शक्तिलाई मुद्रीकरण गर्ने बढी लेनदेनमुखी सम्बन्धमा रूपान्तरण गरियो।
घरेलु स्तरमा ट्रम्पले एक शताब्दीकै सबैभन्दा व्यापक कार्यकारी शक्ति प्रयोग गरे। डेमोक्र्याटहरूले शासित शहरहरूमा सैनिकहरू पठाइयोः विश्वविद्यालयहरूलाई धम्की र कोष कटौतीबाट नियन्त्रणमा ल्याइयोः फेडरल रिजर्भको स्वतन्त्रतामाथि आक्रमण गरियोः र सरकारको संयन्त्रलाई राष्ट्रपतिको विरोधीहरूमाथि परिचालन गरियो।
यी कार्यहरूको चकित पार्ने गति र परिमाणले यिनको समग्र अर्थ के हो भन्ने बुझ्न कठिन बनायो। के यो सुस्त र कठोर बनेको प्रणालीमा आवश्यक परिवर्तन थियो, वा अमेरिकी लोकतन्त्रका आधारभूत स्तम्भहरूमाथिको आक्रमण हो ? के यो लेनदेनमुखी सम्झौता गर्ने शैली काम गर्ने नयाँ नवीन तरिका थियो, वा दीर्घकालीन रणनीतिक बुद्धिमाथि माफियोजस्तो रवैयाको विजय ?
यसमा चिन्ता व्यक्त गरियो—द इकोनोमिस्टले पनि—संरक्षणवाद, भ्रष्टाचार, स्वतन्त्र संस्थाहरूको राजनीतिकरण र, वर्षको अन्त्यतिर आइपुग्दा, ट्रम्प टोली कानुनद्वारा बाँधिएको महसुस गर्दैन भन्ने बढ्दो असहजताबाट उत्पन्न हुने खतराहरूबारे विश्व चिन्तित छ ।
द इकोनोमिष्टबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति