काठमडाौं १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा जेनजी आन्दोलनका अग्रमोर्चाका अगुवाहरूको नाम समावेश नहुँदा जेनजी अभियन्ताहरू असन्तुष्ट भएका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै आएको रास्वपा (जसमा बालेन शाह र कुलमान घिसिङको पक्ष पनि जोडिएको छ) ले आन्दोलनका फ्रन्टलाइनका व्यक्तिहरूलाई बेवास्ता गर्दा आलोचना बढेको छ। सूचीमा सेलिब्रेटी र ुहुने–खानेु वर्गको वर्चस्व देखिएको भन्दै जेनजीहरूले यो आन्दोलनको मर्मविपरीत भएको टिप्पणी गरेका छन्।
जेनजी फ्रन्टबाट सिफारिस गरिएका मुख्य नामहरू
- रामजी राम (यो नाम मात्र समावेश भएको, तर रामजीले पनि आपत्ति जनाएका छन्)
- खुस्बु कुमारी शारफ (मधेश प्रतिनिधित्व)
- कामना पौडेल (सुदूरपश्चिम प्रतिनिधित्व)
- बिनिता बोगटी (कर्णाली प्रतिनिधित्व)
- सुरेन्द्र बजगाई
- हरिष भट्ट
- ऋषि थापा
- जमल अलि
- जनक पोखरेल
- विवेक शर्मा
- प्रेम पोखरेल
- साङ्केन राई (जेनजी मुभमेन्ट अलायन्स)
यीमध्ये अधिकांश नाम अन्तिम सूचीबाट काटिएको छ। जेनजी अगुवाहरू (जस्तै बिनिता बोगटी, कामना पौडेल, साङ्केन राई, रक्षा बम आदि) ले यो निर्णयलाई ‘नेपो ट्रेन्ड’ को निरन्तरता र पछाडि पारिएका क्षेत्र (कर्णाली, सुदूरपश्चिम) माथिको अन्याय भएको बताएका छन्। उनीहरूले समानुपातिक प्रणालीको मर्मअनुसार समावेशी प्रतिनिधित्व नभएको र आन्दोलनको जगमा राजनीति गर्नेहरूले नै जेनजीको भावनालाई धोका दिएको आरोप लगाएका छन्।
जेनजी अगुवाहरुले चर्को विरोध गरेपछि रवि लामिछाने र बालेन साहले आत्माआलोचना गर्दै रोनाधोनाको शैली अपनाएर झुक्याउने तरिका अपनाइरहेका छन् । उनीहरुले यसपटकलाई यस्तै भयो, अर्को पटक, अरु अरु कुरामा हेरौंला भन्दै टालटुल पार्ने नीति लिएको बुझिएको छ ।
प्रतिक्रिया