काठमाडौं,१६ पुस । नेकपा एमालेका नेता तथा पूर्व सांसद वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।घिमिरेले आम जनताको चाहना अहिले सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण पनि भएको उल्लेख गरेका छन्। देशको आवश्यकता, इतिहासको गति र नागरिकको अपेक्षालाई सम्बोधन गर्नु वर्तमानको मुख्य कार्यभार भएको उनको भनाइ छ।
उनले देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट जनताको इच्छा र चाहना सम्बोधन हुने अवस्था नदेखिएको कारण आफू आबद्ध पार्टीको जिम्मेवारीबाट अलग भएको बताएका छन्।
घिमिरेले अहिलेसम्मको राजनीतिक यात्रामा अवसर र जिम्मेवारी दिने सबैप्रति आभार व्यक्त गरेका छन् । साथै, सुशासन, विकास र रोजगारीसहित मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ नागरिकसँगै रहने प्रतिबद्धता जनाएका छन्। उनी अब रास्वपा प्रवेशको तयारीमा रहेको बताइएको छ।
प्रतिक्रिया