काठमाडौं १६ पुस । जेनजी अभियन्ता भावना राउत र जेनजी फ्रन्टकी योजक रक्षा बमले वैकल्पिक भनिएका दलहरूले समानुपातिक सूचीमा शक्ति, पैसा, पहुँच र पहिचान भएकालाई समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै राउतले आन्दोलनमा सुदूरपश्चिम, मधेश, दलित र जनजातिलाई अघि राख्ने तर सत्ता र कुर्सीको लागि हुने निर्णयमा सहरका ब्रान्डेड अनुहार अघि सार्ने भन्दै प्रश्न गरेकी छन् ?
उनले समानुपातिक प्रतिनिधित्वको मर्म लत्याइएकोमा दुस्ख व्यक्त गरेकी छन् ।
‘समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर, आज प्रश्न यो हो स् यसलाई कब्जा कसले गर्यो रु निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन रु के यसैका लागि आन्दोलन भयो ? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो ?
यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो,’
पुरानाले गरेका अन्याय दोहोर्याएर नयाँ राजनीति गरेको दावी गरेको उनले टिप्पणी गरेकी छन् ।
‘सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो,’ राउतले भनेकी छन्, ‘आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन रु पुरानाले गरेको अन्याय दोहोर्याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ ?’
उनले यस्तो चरित्रले व्यवस्था नबदलिने, विश्वास मार्ने र त्यसपछि विकल्प बाँकी नरहने चेतावनी दिएकी छन् ।
‘कलाकार, क्रिकेटर, गायकहरूसँग चुनाव लड्ने स्रोत छ, मैदान छ, मिडिया छ । समानुपातिक त तिनका लागि होइन र जसले सधैं अवसरको ढोका बन्द पाए । अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो ?’ लेखेकी छन्, ‘यस्तो चरित्रले व्यवस्था बदल्दैन, यस्तो चरित्रले विश्वास मार्छ । र, विश्वास मरेपछि कुनै विकल्प बाँकी रहँदैन ।’
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘समानुपातिक सूची देखेर मन खिन्न’ भएको संयोजनक रक्षा बमले बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार परेको र सुदूरपश्चिमबाट दुई जनामात्रै सामेल गरिएकोप्रति उनले असन्तुष्टि प्रकट गरेकी हुन्।
‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो’ उनले लेखेकी छन्, ‘दुखद कुरा चै, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।’
रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेकी रक्षाले उनीहरूको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाएकी छन्।
उनले सुदूरपश्चिम राजधानीबाट वर्षौंदेखि अपहेलित रहँदै आएकोमा अहिले पनि अवस्था उस्तै देखिएको उल्लेख गरेकी छन्।
उनी लेख्छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’ ‘यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।’
प्रतिक्रिया