काठमाडौं १५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पार्टीभित्रै ठूलो विवाद उत्पन्न भएको छ । पार्टीले गरेको ‘प्राइमरी इलेक्सन’ मा सर्वाधिक मत ल्याएकाहरू बन्दसूचीको प्राथमिकता क्रममा निकै पछाडि पारिएका छन् भने मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल (कुलमान घिसिङको कोटा) बाट आएकाहरूलाई अगाडि राखिएको छ ।
प्राइमरीको ५०% मतभार मात्र, बाँकी नेतृत्वको हातमा

रास्वपाले प्राइमरी इलेक्सनको नतिजालाई ५० प्रतिशत मतभार मात्र दिने र बाँकी ५० प्रतिशत विभिन्न नाममा नेतृत्वले आफैं राख्ने प्रणाली अपनाएको छ । यसैलाई टेकेर सभापति रवि लामिछानेले आफू निकटहरूलाई माथि ल्याएको आरोप लागेको छ ।
बालेन र कुलमान कोटाको प्रभाव
अन्तिम समयमा बालेन र उज्यालो नेपालसँग सहमति भएकाले उनीहरूको कोटाबाट प्रस्तावित नामहरूलाई स्थान दिन प्राथमिकता क्रममा व्यापक फेरबदल गरिएको छ । यसले प्राइमरी जितेकाहरू धेरैजसो पछाडि धकेलिएका छन् ।
क्लस्टर अनुसार प्रमुख फेरबदल
१. खस आर्य पुरुष
- प्राइमरीमा सर्वाधिक मत: रमेश प्रसाईं → बन्दसूचीमा ५औं स्थान
- बन्दसूची शीर्ष स्थानहरू:
- विपिन आचार्य (सहमहामन्त्री)
- सचिन ढकाल (बालेन कोटा, चन्द्र ढकालका छोरा)
- सुदिप ढकाल (बालेन कोटा)
- प्रमोद न्यौपाने (प्राइमरीमा दोस्रो)
- रमेश प्रसाईं
- अनुप उपाध्याय (कुलमान कोटा, पूर्व उज्यालो नेपाल अध्यक्ष)
२. खस आर्य महिला
- प्राइमरीमा सर्वाधिक मत: रञ्जु दर्शना → बन्दसूचीमा १०औं स्थान
- बन्दसूची शीर्ष स्थानहरू:
- प्रतिभा रावल (सहप्रवक्ता, प्राइमरीमा ९औं)
- विदुषी राणा (बालेन कोटा, गोल्स्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक)
- लिमा अधिकारी (कोषाध्यक्ष, प्राइमरीमा ५औं)
- समिक्षा बास्कोटा (विवेकशील साझाबाट)
- टिका संग्रौला (ज्वाला, प्राइमरीमा दोस्रो)
३. आदिवासी जनजाति पुरुष
- प्राइमरीमा सर्वाधिक मत: उत्तमबहादुर गुरुङ → बन्द सूचीबाट आउट भए ।
- पहिलो स्थान: डा. राम लामा (बालेन कोटा)
४. आदिवासी जनजाति महिला
- प्राइमरीमा सर्वाधिक मत: सत्यकला राई → बन्दसूचीमा १६औं स्थान
- पहिलो स्थान: टासी लाजोम (प्राइमरीमार्फत)
५. दलित
- प्राइमरीमा सर्वाधिक मत (पुरुष): वियय जैरु → बन्दसूचीबाट आउट
- बन्दसूची शीर्ष:
- पुरुष: १. रुपक विश्वकर्मा (प्राइमरीमा ७औं) २. प्रकाश सपूत (बालेन कोटा) ३. प्रकाशचन्द्र परियार (प्राइमरीमा हारेका)
- महिला: १. रिमा विश्वकर्मा (कुलमान कोटा) २. अमृता विक (प्राइमरीमा दोस्रो)
६. मधेसी महिला
- भाग्यमानी: पुनम अग्रवाल – प्राइमरी र बन्दसूची दुवैमा पहिलो स्थान
७. मुस्लिम पुरुष
- पहिलो स्थान: आसिफ साह (बालेन कोटा, नेता आसिम साहका दाइ)
रास्वपाको यो अभ्यासलाई पार्टीभित्रै ‘प्राइमरीको अपमान’ र ‘कोटाबन्दी’ भन्दै आलोचना भइरहेको छ । प्राइमरीलाई लोकतान्त्रिक अभ्यास भन्दै प्रचार गरिए पनि अन्तिम निर्णय नेतृत्व र कोटाको हातमा पुगेपछि कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् ।
प्रतिक्रिया